विपक्षी दलहरुलाई मनाउने प्रयासमा रवि

लोकपथ
105
Shares

काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठका बस्दै नबसी २ बजेसम्मका लागि सारिएको छ ।

विपक्षी दलहरुले पूववर्ती माग अघि सारेर अडान कायम गरेपछि बैठक बस्न नसकेको हो ।

विपक्षीहरुले आज पनि विवादित अभिव्यक्तिबारे प्रधानमन्त्रीको जवाफ माग गर्ने तयारी गरेका छन् ।

यता सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलका संसदीय दलका नेता तथा प्रमुख सचेकतकहरुसँग छलफल गरेका छन् ।

यसअघि जेठ २५ गते सर्वदलीय बैठक बोलाएर छलफल गरेका रविले आज पनि पुनः विपक्षी दलहरुसँग छलफल गरेका हुन् । अहिले सिंहदरबारमा छलफल जारी रहेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट वर्षमान पुन लगायतका नेताहरु उपस्थित रहेका छन् ।

विपक्षी दलहरुले भने प्रधानमन्त्रीले संसदमा स्पष्टीकरण नदिए लिखित स्टेटमेन्ट दिन समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?