रास्वपा बागमती प्रदेश अधिवेशन नयाँ नेतृत्व चयनबिनै स्थगित

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन नगरी स्थगित भएको छ ।

हिजो उद्घाटन गरिएको अधिवेशन आज निर्वाचन प्रक्रियामा देखिएको विवादका कारण स्थगित गरिएको हो । मतदानका लागि छापिएको मतपत्रमा एक प्रत्याशी सदस्यको नाम छुटेको पाइएपछि विवाद उत्पन्न भएको थियो ।

विवाद चर्किएपछि अधिवेशन स्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । आज पनि मतदान प्रक्रिया ढिलाइ भएपछि प्रतिनिधिहरू स्थल छोडेर बाहिरिएका थिए ।

अन्ततः निर्वाचन आयोगले अधिवेशन स्थगनको घोषणा गरेको हो ।

अधिवेशनमा प्रदेश नेतृत्वका लागि निवर्तमान सभापति अच्युतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्यले उम्मेदवारी दिएका थिए । अर्का आकांक्षी बदन भण्डारीले भने उम्मेदवारी फिर्ता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?