काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
मंगलबार अपरान्ह नवनियुक्त मन्त्रीहरु सुधन गुरुङ र महावीर पुनले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीद्वयलाई शपथग्रहण गराएका हुन् ।
यसअघि ०८२ चैत १३ गते सुधन गृहमन्त्री बनेका थिए । उनीमाथि प्रश्न उठेपछि वैशाख ९ गते मन्त्रीबाट राजीनामा दिएका थिए । उनीमाथि अस्वभाविक सम्पत्ति देखिएको भन्दै प्रश्न उठेपछि उनीमाथि छानबिन गर्न बनेको समितिले सरकारलाई प्रतिवेदन बुझाएको थियो । आजको मन्त्रिपरिषद् बैठकमा उक्त प्रतिवेदन पेस गरेसँगै पुनः उनलाई मन्त्री बनाइएको हो ।
यता स्वतन्त्र सांसद महावीर पुन पनि मन्त्री बनेका हुन् । उनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवजारी दिइएको हो । सरकारले मन्त्रालयको संख्या घटाएसँगै नयाँ मन्त्रालय बनाएको थियो । त्यसो त महावीर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्री बनेका थिए । फागुन २१ को चुनाव अगावै महावीरले राजीनामा दिएर गृहजिल्ला म्याग्दीबाट स्वतन्त्रबाट चुनाव लडेका थिए ।
नवनियुक्त मन्त्रीहरुले आजै नवनियुक्त सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया