टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ

लोकपथ
70
Shares

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको टोखाबाट खैरो हेरोइन र नगद एक लाखसहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले २० दशमलव ६४ ग्राम लागुऔषध खैरो हेरोइन र एक लाख १५ हजार नगदसहित सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थायी घर भई हाल काठमाडौंको टोखा बस्ने ३८ वर्षीय युगसाङ राईलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले निजले कोठामा लुकाइ रोखेको भन्ने गोप्य सूचनाका आधारमा जाँच गर्दा खैरो हेरोइन र नगद फेला परेको जानकारी दिए ।

प्रहरीले पक्राउ परेका राईसँग खैरो हेरोइन, नेपाली रुपैयाँका साथै दुई हजार २०० भारतीय रुपैयाँ, एक थान डिजिटल तराजु र एक थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका निजका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?