१३ जिल्लाका सीडीओ फेरिए, को कहाँ ? [सूचीसहित]

लोकपथ
413
Shares
तस्बिर : एआई

काठमाडौं । विभिन्न १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।

शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयअनुसार १३ जिल्लाका सीडीओ परिवर्तन र ५ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव सरह) का कर्मचारीको सरुवा गरेको हो ।

जसअनुसार हाल गृहमन्त्रालय वा सो अन्तर्गत रहेका सहसचिव निराजन घिमिरेलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जामा सरुवा गरिएको छ ।

यता स्याङ्जाका सीडीओ रहेका ईश्वरीप्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय संखुवासभा सरुवा गरिएको हो ।

यसैगरी गृहमन्त्रालय वा सो अन्तर्गत रहेका सहसचिव प्रदिपकुमार कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा पदस्थापना गरिएको छ । यसैगरी गृहमन्त्रालय वा मातहत रहेका सहसचिव कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?