काठमाडौं । विपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई ‘हर्क साम्पाङ’ ले विभिन्न निकायमा थन्किएर बसेका सवारीसाधनको उचित व्यवस्थापन गर्न माग गरेका छन् ।
साम्पाङले विभिन्न निकायमा वर्षौँदेखि पुराना भइ बसेका सवारीसाधनहरु लिलाम गर्न माग गरेका हुन् ।
सिंहदरबार, ट्राफिक प्रहरी कार्यालय लगायत विभिन्न सरकारी निकायमा सवारीसाधन थन्किएर बसेका छन् । बेलाबेला त्यसरी थन्किएर बसेका सवारीसाधनहरु लिलाम गर्नुपर्ने माग उठ्दै आइरहेको छ ।
सरकारले सिंहदरबार, सरकारी कार्यालयहरु, ट्राफिक प्रहरी कार्यालयहरुमा बर्षौँ देखि कुहिएर गैरहेको पुराना सवारी साधनहरु लिलाम गरोस् नत्र पकाएर खावोस् !,’ हर्कले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया