वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छ : भीष्मराज आङदेम्बे

लोकपथ
42
Shares
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधताको ह्रास तथा प्रदूषणले विश्व समुदायलाई गम्भीर चुनौतीमा पारेको उल्लेख गरे ।

उनका अनुसार स्वच्छ, हराभरा र दिगो वातावरण मानव जीवनको आधार हो। वातावरण संरक्षण केवल प्रकृतिप्रतिको दायित्व मात्र नभई वर्तमान र भावी पुस्ताप्रतिको साझा जिम्मेवारी भएको उनले स्पष्ट पारे ।

नेपाल प्राकृतिक सम्पदाले धनी देश भएको उल्लेख गर्दै आङदेम्बेले हिमाल, पहाड, तराई, नदी, वन र जैविक विविधताको संरक्षणसँगै विकास र वातावरणबीच सन्तुलन कायम गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?