भक्तपुरको विद्यालयमा भीषण आगलागी, ५० लाख बराबरको क्षति

लोकपथ
2.2k
Shares

भक्तपुर । भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ ।

आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँच वटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिए । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको छ ।

विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान छ ।

हाल जलेका सामग्री हटाउने तथा सरसफाइको कार्य सुरु गरिएको छ । धेरै दिन पठनपाठन अवरुद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले जनाएको छ ।

प्रहरी वृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण संकलन जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?