हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्रले छाडे श्रम संस्कृति पार्टी, मेयरमा उठाउँछु भनेर धोका दिएको आरोप

लोकपथ
203
Shares

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईले पार्टी छाडेका छन् । धरानमा बुधबार बिहान पत्रकार सम्मेलन गर्दै राईले आजबाट श्रम संस्कृति र हर्क साम्पाङसँग सम्बन्ध नरहेको घोषणा गरे । । निनाचन्द्रले आफूसहित १०० भन्दा बढीले पार्टी छाडेको दाबीसमेत गरेका छन् ।

धरानको मेयरको आश्वासन पाएपछि गत वैशाखमा श्रम संस्कृति पार्टी प्रवेश गरेका निनाचन्द्रले आफूलाई साम्पाङले धोका दिएको भन्दै पार्टी परित्याग गरेको बताएका छन् । लामो समय हर्क साम्पाङ निकट भएर काम गरेको भएपनि उनी औपचारिकरुपमा श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिएनन् । हर्कलाई धरानको मेयर बनाउने अभियानमा उनले सक्रियतापूर्वक साथ दिएका थिए 

साम्पाङले केही दिनअघि मात्रै पार्टीका तर्फबाट धरानको भावी मेयरको उम्मेदवारमा धनबहादुर राईको नाम घोषणा गरेका थिए । साम्पाङको यही घोषणाबाट बिच्किएर निनाचन्द्रले पार्टी परित्याग गरेका हुन् । 

धनबहादुरले ७९ को चुनावमा एमालेबाट वडाध्यक्ष जितेका थिए ।

निनाचन्द्रले भने, ‘उहाँले मलाई नै मेयरको उम्मेदवार तपाईं नै कन्फर्म हो भन्नुभएको थियो । मैले बोलेपछि सकियो भनेर पार्टीमा ल्याउनुभयो । अहिले आएर अरूलाई नै अघि सार्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?