रास्वपा सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दै

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।

भारत भ्रमणमा रहेका रास्वपाका सांसद दीपक बोहोराका अनुसार लामिछाने र मोदीबीच केहीबेरमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

भेटका क्रममा प्रधानमन्त्री मोदीले लामिछाने नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग सामूहिक छलफल गर्नेछन् । त्यसपछि मोदी र लामिछानेबीच छुट्टै एकल भेटवार्ता पनि हुने जनाइएको छ ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भ्रमणका क्रममा भारतीय राजनीतिक नेतृत्वसँग विभिन्न विषयमा संवाद गरिरहेका छन् ।

लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा दुई देशबीचको राजनीतिक संवादलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ । भेटवार्तामा द्विपक्षीय हित, क्षेत्रीय सहकार्य र समसामयिक विषयमा विचारविमर्श हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?