भारतीय विदेशमन्त्री एस जयशंकरसँग रविको भेट

लोकपथ
161
Shares

काठमाडौं । भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटघाट गरेका छन् ।

भारतीय समय अनुसार मंगलबार अपरान्ह रवि र एस जयशंकरबिच भेटघाट भएको हो । भेटघाटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ । साथै दुई देशबिच रहेको सीमा समस्या समाधानका विषयमा समेत छलफल भएको बताइएको छ ।

५ दिने भारत भ्रमणका लागि रविसहितको प्रतिनिधिमण्डलको टोली सोमबार भारत प्रस्थान गरेको थियो ।

रविले आजै नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुगेका थिए । त्यहाँ रविको पुष्प वर्षासहित भव्य स्वागत गरिएको थियो ।

त्यसो त रविले भाजपाका अध्यक्ष नितिन नवीनसहित शीर्ष नेताहरुसँग भेटघाट गरिसकेका छन् भने आजै भारतीय गृहमन्त्री अमित शाहसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?