वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

लोकपथ
133
Shares

काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।

पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट मेयर सिंहलाई पक्राउ गरिएको हो ।

सिंहविरुद्ध यसअघि नै जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको थियो ।

जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?