एकैपटक ३३ एसएसपीको सरुवा, काठमाडौं परिसरमा दिलिप घिमिरे [सूचीसहित]

लोकपथ
0
Shares

काठमाडौं । एकैपटक नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा भएको छ ।

गृहमन्त्रीको समेत जिम्मेवारी रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को निर्णयबाट ३३ एसएसपीहरुको जिम्मेवारी हेरफेर गरिएको हो ।

जसअनुसार हाल लुम्बिनी प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा तुल्सीपुर दाङमा कार्यरत अजय केसीलाई नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, पश्चिम नवलपरासी सरुवा गरिएको छ ।

एसएसपीहरुको सरुवा अनुसार जिल्ला प्रहरी परिसरको नेतृत्व फेरिएको छ । हाल एसएसपी रमेश थापा परिसरका प्रमुख रहेकोमा उनलाई मधेश प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनुषा जनकपुरमा काज सरुवा गरिएको छ ।

उनको स्थानमा दिलिप घिमिरेलाई जिम्मेवारी दिइएको छ । घिमिरे हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखामा कार्यरत रहेका थिए ।

त्यस्तै जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मेवारीमा तुलबहादुर कार्कीलाई पठाइएृको छ । हाल जिल्ला प्रहरी परिसर लतिलपुरको जिम्मेवारीमा एसएसपी होविन्द्र बोगटी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?