सिन्धुली–१ को सांसद ‘धनेन्द्र कार्की’ हुँ भन्दै दादागिरी देखाउने लोकबहादुर पक्राउ

लोकपथ
98
Shares

काठमाडौं । सांसद हुँ भन्दै दादागिरी देखाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३६ वर्षीय लोकबहादुर तामाङ रहेका छन् ।

तामाङले सिन्धुली क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य धनेन्द्र कार्कीं हुँ भन्दै झुटो परिचय पत्र देखाइ ट्राफिक प्रहरी लगायत विभिन्न व्यक्तिहरुलाई दबाब दिने गरेको खुल्न आएको छ ।

केही दिनअघि आफू धनेन्द्र कार्की (सांसद) रहेको भन्दै ट्राफिक प्रहरीलाई फोनमार्फत् दबाब दिएको कल रेकर्ड बाहिरिएको थियो ।

प्रहरीले तामाङलाई गत जेठ १४ गते पक्राउ गरी अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?