दाङ । दाङको तुलसीपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् ।
मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मीनराज नेपाली रहेका छन् । सोही घटनामा गम्भीर घाइते भएकी मृतककी ३४ वर्षीया श्रीमती अमृता नेपालीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आज बिहान करिब ६ बजे तुलसीपुरको गुल्म चोकमा रा१ख २१९२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको रा४प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनापछि गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएकोमा उपचारका क्रममा मनोज नेपाली र उनका छोरा मीनराज नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते अमृताको सोही अस्पतालमा उपचार भइरहेको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया