धवलशमशेरले छाडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ बनाउने घोषणा

लोकपथ
175
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेरले पार्टी परित्याग गरी नयाँ राष्ट्रवादी शक्ति निर्माणका लागि अघि बढ्ने घोषणा गरेका छन् ।

लामो समयदेखि राप्रपाभित्र बढिरहेको किचलोकाबिच आइतबार विज्ञप्ति जारी गर्र्दै राणाले राप्रपा परित्यागको घोषणा गरेका हुन् ।

उनले नयाँ बन्ने शक्ति कस्तो हुनेछ र त्यसमा आफ्नो पद के हुन्छ भन्नेबारे भने खुलाएका छैनन् ।

‘शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरुको राय सल्लाह बमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको छु,’ उनले भनेका छन्, ‘समयको पदचाप र जनभावना अनुरुप अघि बढ्ने देश विदेशमा रहनु हुने नेपालीहरुको सुझाव र शुभेच्छाहरु प्राप्त भएको छ ।’

त्यस्तै आफूले विगत ४ वर्षदेखि राप्रपालाई जनभावना अनुरुप अघि बढाउने प्रयास गरेको तर विरोधाभाष र सैद्धान्तिक द्विविधाबिच पार्टी गलत बाटो हिँड्दा जनताबाट पार्टी दण्डित हुन पुगेको समेट टिप्पणी गरेका छन् ।

लामो समयदेखि धवलशमशेर राप्रपाको वर्तमान नेतृत्वसँग असन्तुष्टी राख्दै आइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?