विभिन्न समयमा बनेका प्रतिवेदनहरु सरकारले एकमुष्ट अध्ययन गरेर कारबाही गर्छ : प्रधानमन्त्री बालेन

लोकपथ
91
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले विभिन्न आन्दोलनपछि बनेका सबै प्रतिवेदनलाई सरकारले अध्ययन गर्ने स्पष्ट पारेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मानवअधिकार आयोगले जेनजी आन्दोलनका विषयमा बनाएको प्रतिवेदनलाई सरकारले अध्ययन गर्ने बताए ।

यसैगरी यो सँगै विभिन्न समयमा बनेका अध्ययन प्रतिवेदनहरु सरकारले एकमुष्ट अध्ययन गरेर आवश्यक कारवाही गर्ने समेत स्पष्ट पारे ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका तर्फबाट अर्जुननरसिंह केसीले हालै मानवअधिकार आयोगको प्रतिवेदनबारे प्रश्न उठाएका थिए ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य समेत रहेका सांसद केसीले प्रधानमन्त्रीले तत्काल प्रश्नको जवाफ दिन तयार रहनु सकारात्मक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?