काठमाडौं । जेनजी शहीद परिवार कल्याणकारी समाजको अध्यक्षमा नाराणय श्रेष्ठ चयन भएका छन् ।
शुक्रबार सम्पन्न समाजको साधारण सभाबाट अध्यक्षमा श्रेष्ठसहित ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
समाजको सचिवमा ठाकुरनाथ गौतम र कोषाध्यक्षमा गणेशप्रसाद चौलागाईँ चयन भएका छन् ।
यसअघि तदर्थ समितिको अध्यक्ष समेत रही काम गरेका नारायण जेनजी शहीद धिरज श्रेष्ठका बुबा हुन् । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा बालाजुमा प्रहरीको गोली लागी धिरज शहीद बनेका थिए ।
त्यस्तै समाजको सचिवमा चयन भएका ठाकुरनाथ गौतम जेनजी शहीद निकिता गौतमका काका हुन् भने जेनजी शहीद श्रीयम चौलागाईँका बुबा गणेशप्रसाद चौलागाईँ कोषाध्यक्ष बनेका हुन् ।

आफूमाथि गरिएको विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले समाजको हित, एकता र शहीद परिवारको हकहितका लागि इमान्दारितापूर्वक काम गर्ने अध्यक्ष श्रेष्ठले बताएका छन् ।
‘म माथि राखिएको विश्वास, साथ र समर्थनलाई सधैँ सम्मान गर्दै समाजको हित, एकता र शहीद परिवारको हक–हितका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ अध्यक्ष श्रेष्ठले भनेका छन् ।

अध्यक्षमा श्रेष्ठसहित उपाध्यक्षमा वसन्तकिशोर श्रेष्ठ, सचिवमा ठाकुरनाथ गौतम, कोषाध्यक्षमा गणेशप्रसाद चौलागाईँ चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा जगदीशप्रसाद भट्ट, सुजन न्यौपाने, हरिराम भट्ट, ईश्वरबहादुर अधिकारी, मन्जु पौडेल, दिनेश चौलागाईँ, सुमित्रा महत रहेका छन् ।
भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा शहीद भएका परिवारहरुको एकताका लागि जेनजी शहीद परिवार कल्याणकारी समाजको गठन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया