काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२१ नयाँ बस्तीस्थित एभरेस्ट काष्ठ ढोका उद्योगमा दिउँसो आगलागी भएको छ ।
दिउँसो करिब ३ बजेबाट सुरु भएको आगलागी समाचार तयार पार्दासम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाका अनुसार बाँके र बर्दियाका विभिन्न स्थानीय तहबाट पुगेका वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।
काठ उद्योग भएकाले आगो तीव्र रूपमा फैलिएको र नियन्त्रण गर्न कठिनाइ भइरहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । साथै, क्षतिको विवरण पनि संकलन भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया