काठमाडौं । चालु आर्थिक वर्ष भन्दा आगामी आर्थिक वर्षका लागि सरकारले बजेटको आकार बढाएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोडको घोषणा गरिएको हो ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने बताए ।
यसैगरी राजस्व १४ खर्ब ४ अर्बको रहने तथा अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने अर्थमन्त्री वाग्लेले जानकारी गराएका छन् ।
बजेटमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया