काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले ले विमानस्थल पूर्वाधार विस्तार र हवाई सेवाको सुधारलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।
उनका अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी आगामी छ महिनाभित्र टुंग्याइनेछ । साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा निजी क्षेत्रसँग सहकार्य गरिने सरकारको योजना रहेको उनले जानकारी दिए ।
अर्थमन्त्री वाग्लेले भरतपुर विमानस्थल लाई विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गरिने तथा प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तारको काम अघि बढाइने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया