काठमाडौं। नेपालमा बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ हजार ५ सयले घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २ सय १५ रुपैयाँले घटेको हो ।
हिजो बुधबार ५ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २१५ रुपैयाँले घटेर ४ हजार ८सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया