सुशीलबहादुर बज्राचार्यलाई त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी

लोकपथ
56
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।

अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले बज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

यसअघि अध्यादेश जारी हुनुअघि नै त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले राजीनामा दिएका थिए । उनीसँगै शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले पनि पदबाट राजीनामा दिएका थिए ।

पदाधिकारीविहीन बनेपछि विश्वविद्यालयको प्रशासनिक नेतृत्व निरन्तरताका लागि बज्राचार्यलाई जिम्मेवारी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?