आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

लोकपथ
0
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघमा अनुसार आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले बढेर ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो । बिहीबार ५ हजार ७१० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर ५ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?