के भयो आज सुनचाँदीको मूल्य  ?

लोकपथ
119
Shares

काठमाडौं ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा ७०० ले घटेको छ भने चाँदीको मोल भने  १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य  ५ हजार ७१० कायम भएको छ । हिजो मंगलबार एक तोला छापावाल सुन  ३ लाख २ हजार ९०० र त्यति नै परिमाणको चाँदी  पाँच हजार ६९५ मा  खरिदबिक्री भएको थियो  ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२५ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?