एकै दिन ४४ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो 

लोकपथ
203
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघमा अनुसार आज  छापावाल  सुन प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख २ हजार ९ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला  ३५५ रुपैयाँले बढेको हो । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५५ रुपैयाँले बढेर ५ हजार ६९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?