काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज हुने खेलमा नेपाल र स्कटल्याण्ड आमनेसामने हुँदैछन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहीबेरमै सुरु हुने खेलमा टस जितेको स्कटल्याण्डले पहिले ब्याटिङ रोजेको छ । स्कटल्याण्डका कप्तान रिचि बेरिङटनले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले भने पहिलो फिल्डिङ गर्ने भएको छ । घरेलु मैदानमा महत्वपूर्ण मानिएको यस खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिँदै छन् ।
लिग–२ को अंकतालिकामा सुधार गर्ने अवसरका रूपमा हेरिएको यो खेल नेपालका लागि विशेष महत्वको मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया