काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघमा अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले गिरावट आएको हो ।
अघिल्लो दिन २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँले घटेको हो ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो । आइतबार ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया