मधेश प्रदेशमा हालकै सरकारलाई निरन्तरता दिन सत्तारुढ दलहरु सहमत

लोकपथ
70
Shares

काठमाडौं । मधेश प्रदेश सरकारमा सामेल दलहरुले वर्तमान कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिने सहमति गरेका छन् ।

हाल मधेश प्रदेशमा नेपाली कांग्रेसका यादव मुख्यमन्त्री रहेका छन् ।

आज बसेको मधेश प्रदेश सत्ता साझेदार दलको बैठकले वर्तमान मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका हुन् ।

‘…मधेश प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दलका नेताहरुको बैठक बसी वर्तमान मुख्यमन्त्री माननीय कृष्णप्रसाद यादव ज्यूको नेतृत्वमा रहेको सरकारलाई नै निरन्तरता दिँदै यथाशिघ्र विश्वासको मत लिने निर्णय गरियो,’ सहमतीपछि जारी विज्ञप्तिमा भनिएको छ ।

आजको बैठकमा कांग्रेस प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री यादव, नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता युवराज भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दलका नेता जयनुल राइ सहभागी रहेका थिए ।

गत वैशाख २२ गते सरकारमा सहभागि दल जनमत सरकारबाट बाहिरिएको थियो । त्यससँगै मधेश प्रदेश सरकार संकटमा परेको आँकलन गरिएका बेला अन्य दलहरुले वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?