के भयो आज सुनचाँदीको मूल्य ? 

लोकपथ
119
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १३  सयले बढेर २ लाख ९९ हजार ९ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।   महासंघका अनुसार आज चाँदी प्रतितोला १२० रुपैयाँले बढेको हो । 

हिजो बिहीबार ५ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२० रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँका कारोबार भएको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?