कति छ अस्ट्रेलियन डलरको मूल्य ?

लोकपथ
28
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा तोकिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर ११० रुपैयाँ ८९ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?