काठमाडौं । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ ।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले शर्माको नाम सिफारिस गरेको हो ।
संवैधानिक परिषद्का एक सदस्यका अनुसार शर्माको नाम प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाई समितिमा पठाउने निर्णय गरेको हो ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्रै उनी प्रधानन्यायाधीश बन्न पाउनेछन् ।
यसअघिको वरिष्ठताको नजीर भत्काउँदै संवैधानिक परिषद्ले वरियताक्रमको चौथो नम्बरका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशमा सपना प्रधान मल्ल रहेपनि उनलाई प्रधानन्यायाधीशका लागि सिफारिस नगरी शर्मालाई सिफारिस गरिएको हो ।
यो पनि…
न्यायपालिकाको ‘स्थापित नजिर भत्काउनै चाहेको’ हो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया