काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १८ सयले बढेर २ लाख ९८ हजार ६ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघमा अनुसार आज चाँदी प्रतितोला १ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन ५ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १०० रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया