बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

लोकपथ
0
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रमसहित मनाइरहेको छ ।

दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकारले विक्रम संवत् २०८१ सालदेखि वैशाख २४ गतेलाई प्रदेश भाषा दिवसका रूपमा मनाउन थालेको हो । यो व्यवस्था ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ अनुसार गरिएको हो ।

उक्त ऐन २०८० साल कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । ऐन प्रकाशित भएको १८० दिनपछि कार्यान्वयन हुने व्यवस्था अनुसार २०८१ वैशाख २४ गतेदेखि ऐन लागू भएको हो । सोही दिन पहिलो पटक प्रदेश भाषा दिवस मनाइएको थियो ।

यस वर्ष पनि सोही अनुसार तेस्रो प्रदेश भाषा दिवस मनाइँदैछ । दिवसको अवसरमा आज बिहान भक्तपुरको दूधपाटीबाट र्‍याली निकालिएको छ ।

र्‍याली भक्तपुर दरबार क्षेत्र, दत्तात्रेय, कमलविनायक हुँदै लन्चा फल्चा भत्क्यापाटीसम्म पुग्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?