मधेस सरकारलाई समर्थनबारे जनमत विभाजित, प्रदेश प्रमुख कार्यालयमा दुई पत्र

लोकपथ
0
Shares

जनकपुरधाम । मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि कायम राख्ने भन्ने विषयमा जनमत पार्टीभित्र विवाद देखिएको छ । यही विवादका कारण प्रदेश प्रमुखको कार्यालयमा दुई फरक–फरक पत्र पुगेका छन् ।

जनमत पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहले सरकारबाट समर्थन फिर्ता लिएको पत्र पठाएका छन् । तर त्यसको केही समयपछि नै पार्टीका संसदीय दलका नेता तथा अर्थमन्त्री महेशप्रसाद यादवले समर्थन यथावत् रहेको अर्को पत्र पठाएका छन् ।

यादवले आफ्नो जानकारीबिना र औपचारिक बैठक नबसी गरिएको निर्णय मान्य नहुने भन्दै मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई पार्टीको समर्थन कायम रहेको बताएका छन् ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णको कार्यालयले दुवै पत्र प्राप्त भएको पुष्टि गरेको छ । कार्यालयका सचिव नारायणप्रसाद दाहालका अनुसार अब कानुन र संविधानअनुसार आवश्यक निर्णय लिने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?