काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी आर्थिक वर्षको बजेटलाई आकार र आकर्षक नारामा केन्द्रित नभई नतिजा र सुधारमुखी बनाउनुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार आयोजना गरेको आगामी आव २०८३/८४ को बजेटसम्बन्धी नीतिगत छलफलमा बोल्दै उनले विगतका बजेटहरू आकार, वितरण र लोकप्रिय घोषणामा सीमित भएको भन्दै अब ठोस नतिजा दिने गरी रुपान्तरणकारी बजेट आवश्यक रहेको बताए ।
उनले बजेट बनाउँदा देशको संस्थागत तथा वित्तीय क्षमताको यथार्थ मूल्याङ्कन गरेर मात्र लक्ष्य निर्धारण गर्नुपर्नेमा जोड दिए । महत्वाकाङ्क्षी लक्ष्य राख्नु आवश्यक भए पनि कार्यान्वयन क्षमताभन्दा बाहिरका लक्ष्यले नकारात्मक असर पार्न सक्ने उनको भनाइ थियो ।
पूर्वअर्थमन्त्री खनालले अघिल्ला सरकारले सुरु गरेका सकारात्मक सुधार र प्रतिबद्धतालाई निरन्तरता दिनुपर्ने आवश्यकता समेत औँल्याए ।
त्यसैगरी, हालै सरकारले कानुनविपरीत लिइँदै आएका सेवा–सुविधा कटौती गर्ने निर्णयलाई उनले सकारात्मक कदमका रूपमा उल्लेख गर्दै वित्तीय अनुशासन कायम गर्न थालिएको संकेत भएको बताए । उनले मितव्ययिताका अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया