काठमाडौं । लगातार तेस्रो कारोबार दिन बिहीबार पनि शेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ५.७३ अंकले घट्दै २७३८ अंकमा झरेको छ । यसअघि मंगलबार २६ अंक र बुधबार २५ अंकले बजार घटेको थियो ।
कारोबार सुरु भएको करिब २२ मिनेटमै नेप्से परिसूचक २७०८ अंकसम्म झरे पनि त्यसपछि गिरावट केही हदसम्म सम्हालिएको थियो ।
आज कुल कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ९८ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ । कुल ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
क्षेत्रगत सूचकमा बैंकिङ समूह ०.०२ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.८४ प्रतिशतले बढेका छन् । अन्य सबै समूहका सूचकहरू भने १ प्रतिशतभन्दा कम दरले घटेका छन् ।
घट्ने समूहहरूमा अन्य ०.९७ प्रतिशत, व्यापार ०.६३ प्रतिशत, विकास बैंक ०.४८ प्रतिशत, लगानी ०.४२ प्रतिशत, हाइड्रोपावर ०.४० प्रतिशत, माइक्रोफाइनान्स ०.३४ प्रतिशत, जीवन बीमा ०.२६ प्रतिशत, फाइनान्स ०.२० प्रतिशत, होटल तथा पर्यटन ०.०४ प्रतिशत र निर्जीवन बीमा ०.०२ प्रतिशत रहेका छन् ।
कम्पनीगत रूपमा श्रीनगर एग्रिटेकको सेयर मूल्य सबैभन्दा धेरै १२.५७ प्रतिशतले बढेको छ । त्यस्तै शिखर पावर ७.९१ प्रतिशत, एसियन हाइड्रोपावर ७.८८ प्रतिशत, रिभर फल्स पावर ४.९५ प्रतिशत र एसवाई प्यानल ३.८१ प्रतिशतले वृद्धि भएका छन् ।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया