विश्वकप लिग–२ : नेपाल र ओमान खेल्दै

लोकपथ
21
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजेबाट खेल सुरु हुने तय भएको छ ।

नेपालले यसअघि खेलेको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स ‍यूएईलाई ३७ रनले पराजित गर्दै उत्साहजनक सुरुआत गरेको थियो । घरेलु मैदानमा प्राप्त उक्त जितले नेपाली टोलीको मनोबल उच्च बनाएको छ ।

यता, ओमानले भने आफ्नो पहिलो खेलमा यूएईसँग पराजय भोगेको थियो । त्यसैले आजको खेलमा ओमान पनि पुनरागमन गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

अंकतालिकाको अवस्था हेर्दा नेपाल २१ खेलबाट १४ अंकसहित सातौँ स्थानमा रहेको छ भने ओमान २५ खेलमा २९ अंक जोड्दै तेस्रो स्थानमा छ ।

आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ । नेपाल जितको लयलाई कायम राख्दै अंकतालिकामा सुधार गर्न चाहन्छ भने ओमान हारको श्रृंखला तोड्दै आफ्नो स्थान अझ मजबुत बनाउन चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?