गरिमा विकास बैंकद्वारा एकैसाथ दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र हासिल

लोकपथ
56
Shares

काठमाडौंं । गरिमा विकास बैंक लिमिटेडले एकैसाथ दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ ।

गरिमा विकास बैंकले ९००१ः२०१५ र २७००१ः२०२२ प्रकाणपत्र प्राप्त गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो ।

गुणस्तरीय बैंकिङ सेवा र उच्चस्तरीय सूचना सुरक्षा व्यवस्थापनका लागि प्रदान गरिने यी प्रमाणपत्रसँगै बैंक सीमित अन्तर्राष्ट्रिय स्तरका संस्थाहरूको सूचीमा पर्न सफल भएको हो ।

बुधबार विकास बैंकको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा विश्वव्यापी सर्टिफिकेसन संस्था ‘इन्टरसर्ट’ का तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरे ।

यो उपलब्धिले नेपालको बैंकिङ क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको बैंकको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?