घट्यो सुनचाँदीको मूल्य, आज कति पुग्यो ?

लोकपथ
119
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

महासंघका अनुसार आज चाँदी ३० रुपैयाँले घटेको हो । हिजो मंगलबार ५ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?