सिटिजन लाइफ इन्स्योरेन्सलाई ISO 9001:2015 प्रमाणिकरण

लोकपथ
28
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ISO 9001:2015 प्रमाणिकरण प्राप्त गरेको छ ।

उक्त प्रमाणिकरण United Registrar of Systems (URS) तथा UKAS Management Systems मार्फत प्रदान गरिएको हो ।

यो अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली  (International Quality Management System) प्रमाणिकरणले सिटिजन लाइफले आफ्ना सेवा, सञ्चालन प्रक्रिया तथा व्यवस्थापन प्रणालीलाई विश्वस्तरीय मापदण्ड अनुरूप सञ्चालन गरिरहेको पुष्टि गरेको कम्पनीको दाबी रहेको छ ।

यस प्रमाणिकरणले कम्पनीको कार्यप्रणालीमा पारदर्शिता, दक्षता तथा निरन्तर सुधारको संस्कृतिलाई संस्थागत बनाउँदै ग्राहकहरूलाई अझ भरपर्दो, छिटो, छरितो तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई सुदृढ बनाएको कम्पनीले जनाएको छ ।

बीमा दाबी भुक्तानी, ग्राहक सेवा प्रवाह तथा आन्तरिक व्यवस्थापन प्रणालीमा उच्च स्तरको अनुशासन र एकरूपता कायम गर्न यो उपलब्धिले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको कम्पनीले जनाएको छ।

यसका अतिरिक्त, नियामक निकायहरूको मापदण्डसँग थप सुसंगतता कायम गर्दै संस्थागत सुशासनलाई मजबुत बनाउने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कम्पनीको पहिचान र विश्वसनीयता अझ उचाइमा पुर्‍याउने उदेश्य रहेको कम्पनीको विश्वास रहेको जनाइएको छ ।

कम्पनीका अनुसार आगामी दिनहरूमा पनि कम्पनीले आफ्ना सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखी अघि बढ्ने प्रतिबद्धता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?