कर्णाली नदीमा बेपत्ता बाबु छोराको शव फेला

लोकपथ
42
Shares

दैलेख । कर्णाली नदीमा बेपत्ता भएका बाबुछोराको शव भेटिएको छ । 

प्रहरीका अनुसार नदीमा बेपत्ता तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले उनीहरूको शव तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानको बल्दे नजिकै भेटिएको बताए । 

उनका अनुसार बुवाको शव डुबेको स्थानदेखि पाँच सय मिटर तल र छोराको शव एक किलोमिटरको दूरीमा भेटिएको हो । दुवै जना ३ वैशाखमा कर्णालीमा डुंगा पल्टिँदा बेपत्ता भएका थिए । उनीहरू डुंगामा घाँसको भारी तार्दै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?