एमालेसम्बद्ध राष्ट्रिय युवा संघमा आबद्ध निराजन पौडेल पक्राउ

लोकपथ
700
Shares

काठमाडौं । प्रहरीले नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघमा आबद्ध निराजन पौडेल (निरे) लाई पक्राउ गरेको छ । उनलाई ज्यान मार्ने र हातहतियार मुद्दाको अनुसन्धानका लागि बालुवाटार क्षेत्रबाट पक्राउ गरिएको हो । उनीविरुद्ध विभिन्न अभियोगमा मौखिक र लिखित उजुरी परेको जनाइएको छ । 

उनीविरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप भएको र अन्य मुद्दाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले विभिन्न अभियोगमा मौखिक र लिखित उजुरी परेपछि उनलाई पक्राउ गरिएको बताए । उनले पौडेल ज्यान मार्ने उद्योग, हातहतियार र अभद्र व्यवहारका विभिन्न घटनामा संलग्न रहेको बताए । 

प्रहरीसँगको बयानमा भने उनले आफूलाई ठेक्कापट्टाको काममा सक्रिय भएको बताएका छन् । 

उनी विवादास्पद पृष्ठभूमिका चक्रे मिलन समूहमा आबद्ध रहेको जनाइएको छ । चक्रे मिलन फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट एमालेबाट उम्मेदवार बनेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?