कांग्रेसको आधिकारिकता विवाद : बहस सकियो, आदेश आजै आउन सक्ने

लोकपथ
1.3k
Shares

काठमाडौं । सर्वोच्च अदालतमा नेपाली कांग्रेसको आधिकारिकता विवादबारे सबै बहस सकिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुवै पक्षको बहस सकिएको हो । आज जवाफी बहस समेत सकिएकाले निर्णय आजै सुनाइन सकिने समेत सम्भावना रहेको छ ।

रिट निवेदक शेरबहादुर देउवा पक्षबाट रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दी लगायतले बहस गरेका छन् । यता विपक्षी बनाइएका सभापति गगनकुमार थापा पक्षबाट कानुन व्यवसायीहरु हरिहर दाहाल, सिताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाला, दिनमणि पोखरेल, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल, यदुनाथ खनालसहितले बहस गरेका हुन् ।

गत पुसको अन्तिम साता गगन थापा लगायतले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनपछि देउवा पक्ष सर्वोच्च गएको थियो । गगन पक्षलाई निर्वाचन आयोगले समेत आधिकारिकता दिएपछि त्यसको विरुद्धमा देउवा पक्ष सर्वोच्च गएको हो । दुवै पक्ष आफूहरुले आधिकारिकता पाउनेमा विश्वस्त रहेका छन् ।

त्यसो त देउवा पक्षले वर्तमान कार्यसमितिले १५औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा अर्को रिट समेत दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?