काठमाडौं । प्रहरीले ६ महिनादेखि फाइल ट्रयाटिङ्ग सिस्टम लागु गरेर काम कारबाहीलाई अघि बढाइएको जनाएको छ ।
शुक्रबार अर्धवार्षिक समीक्षाका लागि पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले सो कुरा जानकारी दिए ।
एसपी भट्टराईका अनुसार २०८२ असोजपछि फोन, म्यासेज र इमेलमार्फत फाइल ट्रयाकिङ्ग गरिएको छ ।
फाइल ट्रयाकिङ्ग सिस्टम विकास गरेर ३० हजार ६ सय पटक फोन सम्पर्क, १७ सय म्यासेज र १५ सय ५० पटक इमेल गरेर उजुरकर्तासँग सम्पर्क स्थापित गरिएको बताए ।
‘पीडितहरूसँग फलोअपका लागी हामीले फोन, म्यसेज र इमेलमार्फत सम्पर्क गरेका छौँ,’ पत्रकार सम्मेलनमा एसपी भट्टराईले भने ।
उनका अनुसार बैङ्किङ कसुर, बकपत्र, चालचलन, मानिस हराएको निवेदन, शान्ति सुरक्षा र घरेलु हिंसा जस्ता समस्याको उजुरीमा फाइल ट्रयाकिङ्ग सिस्टम विकाश गरिएको हो ।
यसैगरी, क्यूआरमार्फत गुनासो र सुझाव संकलन गर्न लगिएको बताउँदै परिसर मातहतबाट मात्रै ६ महिनामा ८३ हजार ५४० जना सेवाग्राहीले सेवा लिएका छन् ।
सेवाग्राहीका लागी सहजीकरण गर्न नागरिक सहजकर्ता परिचालन गरिएको पछिल्लो समय गुण्डागर्दीविरुद्ध आक्रमक अभियान चलाएको प्रहरीले गुण्डागर्दीमा संलग्नहरुको प्रोफाइल तयार पारेको छ । एसपी भट्टराईका अनुसार अहिलेसम्म १ हजार ९७ जनाको प्रोफाइल तयार पारिएको हो ।
यस प्रोफाईलभित्र १ हजार ९७ जनामा गुण्डागर्दीमा संलग्नदेखि अन्य आपराधिक पृष्ठभूमिका व्यत्तिहरुको पनि समेटिएका छन् । विगतमा गुण्डागर्दीको आवरणमा विभिन्न धन्दा गरेका, पटक–पटक पक्राउ परेर मुद्दा चलेका र सामाजिक सञ्जालमार्फत आफ्नो समूहको बिस्तार गर्दै प्रचार प्रसार गर्नेहरुसम्मको प्रोफाइल प्रहरीले तयार पारेको छ ।
यस्ता व्यक्तिको फोटो, नाम, ठेगाना, पेसा, सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम), उनीहरुको कनेक्शन तथा नेक्सस, पारिवारिक पृष्ठभूमि, ट्राभल हिस्ट्री र अन्य रिलेटेड डकुमेन्टसहितको प्रोफाइल तयार पारिएको एसपी भट्टराईले बताए ।
यसरी प्रोफाइल तयार पारेपछि उनीहरुको गतिविधि निगरानी गर्नेदेखि कुनै आपराधिक घटना गराइहालेमा तत्काल कानूनी दायरामा ल्याउन सहयोग पुग्ने एसपी भट्टराई बताए । गुण्डागर्दीसँगै लागुऔषध, चोरी घटनाका पटेकहरु पनि प्रोफाइल तयार पार्ने काम भएको छ ।
यसअघि काठमाडौं परिसरले एकैदिन सेफ्टी काठमाडौं अभियान अन्तर्गत १९५ जनालाई पक्राउ गरेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि पक्राउ गरेको थियो । यसरी समातिएका मध्ये २४ जना भने गुण्डागर्दी पृष्ठभूमिका व्यक्ति थिए । उनीहरुविरुद्ध गुण्डागर्दीको आरोपमा मुद्दा समेत चलाइएको एसपी भट्टराईले बताए । तीमध्ये केहि धरौटीमा छुटेका छन् भने केहि अझै प्रहरी हिरासतमै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया