काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजारले घटेर २ लाख ९९ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १२० रुपैयाँले घटेको हो । हिजो ५ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज १२० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया