दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

बिहीबार सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलले इजसालले खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो ।

खड्काको पक्राउ पुर्जी र म्याद थप कानुनसम्मत नदिएको भन्दै हिरासत बाहिरै रहेर अनुसन्धान गर्न मिल्ने भन्दै सर्वोच्चले छाड्न आदेश दिएको हो ।

‘निजको पक्राउ पुर्जी र म्याद थप कानुन सम्मत देखिएन । निजमाथि दाबी कसुरको अनुसन्धान हिरासतबाहिर बसेर नै हुन सक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र निवेदकलाई विदेश जान दिनू, निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ,’ संक्षिप्त आदेशमा भनिएको छ ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा प्रहरीले खड्कालाई गत चैत १५ गते पक्राउ गरेको थियो । उनकी श्रीमती विनिता थापाले बन्दीप्रत्येक्षीकरणको रिट दायर गरेकी थिइन् । सर्वोच्चले यसअघि कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ पेस गर्न भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?