कांग्रेस आधिकारिकता विवादको मुद्दा ‘हेर्दाहेर्दै’मा

लोकपथ
959
Shares

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ भएको थियो ।

विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कांग्रेसको देउवा पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो । यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै लिखित आदेश माग गरिएको थियो ।

आज रिट निवेदक देउवा पक्षका वकिल र निर्वाचन आयोगका तर्फबाट सरकारी वकिलहरुले बहस गरेका थिए । भोलिका लागि पुनः पेसी तोकेर उक्त रिटमाथि सुनुवाइ हुनेछ ।

भोलिको सुनुवाइमा विपक्षी कांग्रेस सभापति गगनकुमार थापा पक्षका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । त्यसपछि जवाफी बहसपछि भोलि नै आदेश आउन सक्नेछ ।

गत पुसको अन्तिम साता विशेष महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयनको विरुद्धमा देउवा पक्ष अदालत पुगेको थियो । देउवा पक्षले विशेष महाधिवेशनलाई अवैधानिक दाबी गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?