काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ सय रुपैयाँले बढेर आज २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर चार हजार ९७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चार हजार ९६० मा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया