ओली र लेखकलाई चैत २६ गतेभित्र मुद्दा चलाउन वा थुनामुक्त गर्न सर्वोच्चको आदेश

ओली र लेखकको थुना गैरकानुनी होइन

लोकपथ
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई चैत २६ गतेभित्र मुद्दा दायर गर्न वा थुनामुक्त गर्न आदेश दिएको छ ।

सोमबार ओली र लेखकलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै परेको बन्दीपत्येक्षीकरणको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले यस्तो आदेश दिएको हो ।

जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिसका आधारमा चैत १४ गते शनिबार ओली र लेखकलाई पक्राउ गरिएको थियो ।

यसअघि नै सर्वोच्चले ओली र लेखकलाई पक्राउ गर्नुको कारणबारे सरकारका नाममा लिखित आदेश जारी गरेको थियो ।

सर्वोच्चले ओली र लेखकलाई थुनामुक्त गर्न परिवारले दिएको बन्दीप्रत्येक्षीकरणको रिट खारेज गर्दै अब म्याद नथप्न परमादेश जारी गरेको छ ।

यस्तो छ सर्वोच्चको आदेश :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?